सहनीको हत्या गरि फरार अभियुक्त पक्राउ

भक्तपुर न्यूज

२८ जेठ २०७६ ६:५२

सहनीको हत्या गरि फरार  अभियुक्त  पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोलका २७ वर्षीय प्रजा सहनीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सहनी र सोही ठाउँका अर्का ४० वर्षिय विनोद साह कानुले मिलेर आफ्नै गाउँकी एक किशोरी सहनीको हत्या गरि फरार रहँदै आएका प्रहरीले जनाएको छ । उनीहरुले किशोरीको हत्या गरि गाउँनजिकै हरेन्द्र गिरीको गहुँ खेतमा शव फालेका थिए ।

प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय