२१ तोला सुन र २ लाख ६१ हजार भारतीय मुद्रा क्षेत्री पक्राउ

भक्तपुर न्यूज

२७ जेठ २०७६ २:३५

२१ तोला सुन र २ लाख ६१ हजार भारतीय मुद्रा  क्षेत्री पक्राउ

रुपन्देही । बुटवलमा २१ तोला सुन सहित स्याङजाका भिमबहादुर भाट क्षेत्री पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार स्याङजा आँधीखोला ६ का ४५ वर्षीय क्षेत्रीलाई २१ तोला सुन र नगदसहित बुटवलको बसपार्क नजिकैबाट पक्राउ गरिएको हो ।

शंकास्पद रुपमा हिडिरहेका क्षेत्रीमाथी शंका लागेर खोजतलास गर्ने क्रममा २१ तोला सुन र २ लाख ६१ हजार भारतीय मुद्रा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई राजश्व सम्बन्धी कसुर अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । क्षेत्रीको साथबाट प्रहरीले चाँदी र मोबाइल पनि बरामद गरेको छ ।

प्रकाशित मितिः २०७६ जेठ २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय