नेहा कक्करलाई नेपाल ल्याउने इभेन्ट सञ्चालक पक्राउ

भक्तपुर न्यूज

२७ जेठ २०७६ १:४२

नेहा कक्करलाई नेपाल ल्याउने इभेन्ट सञ्चालक पक्राउ

काठमाडौं । भारतीय गायिका नेहा कक्कर उपस्थित हुने कार्यक्रममा हलको क्षमताभन्दा बढी टिकट बचेर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरे छन् ।

ठमेलस्थित लर्ड अफ डिस्को नामक नाइट क्लबमा कक्करको विशेष प्रस्तुति देखाउने भन्दै टिकट बेचेर ठगी गरेको र सबै दर्शकले कार्यक्रम नै हेर्न नपाएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीले बताए । उनका अनुसार प्रत्येक टिकटवापत ५ हजार रुपैयाँ लिइएको थियो ।

अन्तरराष्ट्रिय कलाकार आउँदा समेत प्रहरीसँग आवश्यक सुरक्षा समन्वय नगरेको, क्षमताभन्दा बढी टिकल काटेकोलगायत आरोपमा सञ्चालकलाई पक्राउ गरिएको डिएसपी वोगटीले बताए । सञ्चालकले कार्यक्रम हेर्न नपाएका दर्शकको टिकटको मूल्य फिर्ता नगरे ठगी ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।

प्रकाशित मितिः २०७६ जेठ २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय