वडाबाटै स्वास्थ्य सेवा दिन थाल्याे व्यास नगरपालिकाले

भक्तपुर न्यूज

२१ जेठ २०७६ ८:०८

वडाबाटै स्वास्थ्य सेवा दिन थाल्याे व्यास नगरपालिकाले

तनहुँ । व्यास नगरपालिका भित्रका नगरवासीहरूले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् । नगरवासीहरूलाई स्वास्थ्य सेवामा सहज पु¥याउने उद्देश्यले ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ हुने भएको छ । अब सबै वडामा स्वास्थ्य केन्द्र स्थापना हुने भएको छ । नगरपालिका भित्र रहेको १४ वडामा स्वास्थ्य केन्द्र स्थापना गरि स्थानीयलाई आफ्नै वडामा स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्य रहेको मेयर वैकुण्ठनाथ न्यौपानेले बताए ।

स्वास्थ्यकेन्द्र भएको वडा बाहेक स्वास्थ्य चौकी नभएको वडामा आधारभूत स्वास्थ्य चौकी स्थापना गरिने नगरप्रमुख न्यौपानेले बताए । जसअुनसार वडा नम्बर १, २,४,७ र ११ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने भएको नगरपालिकाको स्वास्थ्य शाखाका शाखा प्रमुख हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

वडामा आधारभूत स्वास्थ्य चौकी स्थापना भएपछि वडाबासीहरुले चौकी बाट ओ.पि.डि सेवा, खोप सेवा, परिवार नियोजनको सेवा, मातृसेवा, क्षयरोग लगायत अन्य सेवाहरु उपलब्धा हुने न्यौपानेले बताए । प्रत्येक एक चौकीमा दुई प्राविधिक र एक कार्यालय सहयोगी रहने भएका छन् । कार्यालयमा आवश्यक पर्ने कर्मचारीहरुको लागि नगरपालिकाले दरबन्दी खुलाएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः २०७६ जेठ २१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *