घ्यूकुमारी प्राकृतिक औषधी
एजेन्सी । घ्यूकुमारीमा धेरै भिटामीन, खनिज, अमिनो एसिड र इन्जाइम्स हुन्छन् । यो हाम्रो स्वास्थ्यको लागि एकदमै लाभदायक छ । घ्युकुमारी एक औषधीय गुण बोकेको बनस्पति हो । यसलाई विभिन्न रोगमा औषधिको रुपमा प्रयोग गरिने हुनाले प्राकृतिक बरदान पनि मानिन्छ ।
के के छन् त यसका फाइदा हेरौं –
आँखाको रोगमा
घ्यू कुमारीको गुदीमा बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा लगाउनाले आँखा पाक्ने लगायत आँखाको सम्पूर्ण रोग निको हुन्छ ।
कानको रोगमा
कान दुखेमा घ्यू कुमारीको गुदी मनतातो पारेर २ / ३ थोपा हाल्नाले ठीक हुन्छ ।
मस्तिष्कको रोगमा
नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।
पुरानो ज्वरोमा
घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले ज्वरो निको भएर आउँछ । यसो गर्दा बान्ता भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ ।
जण्डीस, कमलपित्त भएमा
बिहान बेलुका १्/१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।
खटिरामा
घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।
वायुगोला गानाे गएमा
१ चम्चा घ्यू कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खालीपेट केही दिन खाएमा ठीक हुन्छ ।
चिनी रोग (डाइबेटिज) मा
१ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।
यौवनवान बनिरहन
२ चम्चा घ्यू कुमारीको गुदी बिहान्बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।
कुनै पनि विषमा
घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।
पाेलेमा
आगोले पोलेमा तुरुन्त घ्युकुमारी काटेर लगाउँदा जलन निको हुनुको साथै नियमित लगाउँदा घाउ निको हुन्छ ।
वाथ भएमा
घ्यू कुमारीको गुदी नित्य बिहानरबेलुका एकरएक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
मर्केको, चोट लागेको र सुनिएकोमा
घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
दाद आएमा
घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
प्रकाशित मितिः २०७६ जेठ २१ मंगलबार