काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिड यूएईएफए क्लब वरियतामा शीर्ष स्थानमा रहन सफल भएको छ ।
युरोपियन फुटबल एसोसियसनले निकालेको वरियतामा रियल शीर्ष स्थानमा यथावत रहन सफल भएको छ ।
रियलले अर्को स्पेनिस क्लब बार्सिलोनालाई पछि बनाउदैँ शीर्ष स्थान हात पारेको हो । योसंगै रियल लगातार पाँचौ बर्ष शीर्ष स्थानमा रहन सफल भएको छ ।
वरियताको तेस्रो स्थानमा जर्मन क्लब वायर्न म्युनिख रहेको छ । यस्तै चौंथोमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र पाँचौमा इटालियन युभेन्ट्स रहेका छन् ।
त्यस्तै म्यानचेस्टर सिटी छैटौं, सेभिया सातौं, पेरिस सेन्ट जर्मेन (पीएसजी) आठौं, आर्सनल नवौं र पोर्टो दशौँ स्थानमा रहेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ २१ मंगलबार
Comments