दुई सय ४५ ग्राम तौलको बालिकाले राखिन् यस्ताे कीर्तिमान
एजेन्सी । क्यालिफोर्नियाको सान डियगोस्थित सार्प मारी बिर्च अस्पतालमा सबै भन्दा कम तौलको बालिका जन्मिएकी छन् । २४५ ग्राम तौल भएकी सेबी सन् २०१८ को डिसेम्बरमा जन्मेकी हुन्।
चिकित्सकहरूले केही घण्टा मात्रै बाँच्ने भनेका बालिका बाँच्न सफल भई सबैभन्दा कम तौलको कीर्तिमान राख्न सफल भएकी छन् । बालिकाको उक्त तौल एउटा ठूलो स्याउ बराबरको रहेको बीबीसीमा उल्लेख छ।
बीबीसीका अनुसार मृत्युसँगको सङ्घर्षमा जितेकी बालिका सेबी साढे दुई किलोको स्वस्थ बच्चाका रुपमा अस्पतालबाट डिस्चार्ज भएकी छन्। खबर अनुसार सेबी ६ महिनामा जन्मिएकी थिइन् । आमा छ महिनाको गर्भवती हुँदा आपत्कालीन अप्रेशन गरेर कम तौल भएकी बालिका निकालिएको अस्पतालले जनाएको छ ।
सन् २०१५ मा जर्मनीमा २५२ ग्रामको तौल भएको एक बालिका जन्मेकी थिइ ।
प्रकाशित मितिः २०७६ जेठ १९ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
