छात्राहरुका लागि सेनेटरी प्याड निःशुल्क वितरण गरिने
काठमाडौं । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले देशैभरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राका लागि निःशुल्क सेनेटरी प्याड वितरण गर्ने भएको छ ।
स्वास्थ्य तथा सरसफाइमा उत्प्रेरित गर्न सो ब्यवस्था गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । जसका लागि यथेष्ट बजेट बिनियोजन गरिने भएको छ ।
आर्थिक वर्ष ०७६/७७ को स्वास्थ्य र जनसंख्या क्षेत्रको लागि सरकारले ६८ अर्ब ७८ करोड विनियोजन गरेको छ ।
प्रकाशित मितिः २०७६ जेठ १६ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
