पूर्व बिद्यार्थी श्रेष्ठले १९० जना बिद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरे
नुवाकोट । नुवाकोट क्षेत्रपाल माध्यामिक बिद्यालयका पूर्व बिद्यार्थीले १०९ जना बिद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
नुवाकोटमा आज शुक्रबार आयोजना गरिएको बाल हिंसा र ट्राफिक सचेतना तथा शैक्षिक सामग्री बितरण कार्यक्रममा बिद्यालयका पूर्व बिद्यार्थी शैलेश श्रेष्ठले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमा बिद्यालयका ६ देखि १० कक्षा सम्मका बिद्यार्थीलाई पठन पाठनका निम्ती सहयोग पुगोस् भन्ने उदेश्का साथ शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।
शैक्षिक सामाग्री हस्तान्तरण तथा ट्राफिक सचेतना कार्यक्रममा बिद्यालयका प्रधानअध्यापक कृष्ण बहादुर राई, वडा अध्यक्ष दल बहादुर राई र प्रहरी नायव निरिक्षक बिकल भटराईले सामाजिक सहयोगमा सक्ने युवाहरुको सहयोग जारी रहे हरेक बिद्यालयका बिद्यार्थीले अध्यनका लागि सहज वातावरण तयार हुने बताएका थिए ।
कार्यक्रममा ट्राफिक चेतना अभिबृद्धि गरी सवारी दुर्घटना बाट जोगिन र कसरी दुर्घटना न्युनिकरणमा समाजका हरेक ब्यक्तिको भूमिका रहन सक्छ भन्ने बारेमा सचेतनामूलक जानकारी बिद्यार्थीमाझ गराईएको थियो ।
प्रकाशित मिति ः २०७६ जेठ १० शुक्रबार