यस्ता छन् दहीका फाइदाहरु
काठमाडौँ । गर्मीको मौसम सुरु भइसकेको छ। गर्मी सुरु भएसँग शरीरमा अत्यधिक पसिना आउने भएकोले शरिरमा पानीको मात्र पनि कम हुने गर्दछ। जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ।
मानिसहरु गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शितलता प्रदानगर्ने खाने कुराहरु धेरै खाना रुचाउने गर्दछन्। यस्तो अवस्थामा दही खान कसलाई पो मन नलाग्ला ररु गर्मीमा चिसो दही खाँदै शितलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ।
दही धेरैको भान्सामा पाइने खाने कुरा मध्ये एक हो। दहीले खानेकुरालाई पनि पचाउन मद्दत गर्ने गर्दछ। यति मात्र नभएर दही सेवन गर्दा स्वास्थ्यमा समेत धेरै फाईदा पुर्याइरहेको हुन्छ।
दहीको फाइदाहरु
- दही पेटसम्बन्धी समस्या भएकाका लागि अत्यन्त उपयोगी मानिन्छ।
- भोक कम लाग्ने समस्या भएका व्यक्तिहरुले नियमित दही खाने गरेमा उक्त समस्या कम हुने गर्दछ।
- दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्बन्धि रोगहरुबाट छुट्कारा मिल्ने गर्दछ।
- दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत गर्दछ। दहीले कोलस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठीक राख्न मद्दत गर्ने गर्दछ।
- दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीहरुको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत, ता नङलाई पनि बलियो बनाउन मद्दत गर्दछ।
- निद्रा नलाग्ने समस्या भएकाहरुले खानाका साथ दैनिक एक कचौरा दही खानाले राम्रो निन्द्रा लाग्नमा केहीहदसम्म सहयोग पुर्याउने गर्दछ।
- दैनिक दही खानाले पाचन प्रक्रियामा समेत मद्दत पुर्याउने गर्दछ।
- तर खाली पेटमा दही बिर्सेर पनि खानु हुदैन यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ। जसका कारण खाली पेटमा दहीको सेवन गर्दा पेट पोल्ने समस्या उत्पन्न हुने गर्दछ।
प्रकाशित मिति २०७६ जेठ ९, बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १२:२९
आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १३:४१