पथरी रोगीका लागि प्याज अचूक औषधि
काठमाडौं । प्याज हामीले भान्सामा प्रयोग गरिरहने सामाग्रीमध्ये एक हो । जसलाई हामी तरकारी वा अचारका लागि प्रयोग गर्छौं । तर, तरकारी र अचारमा मिल्ने मात्र नभइ यसको औषधीय गुणपनि रहेको छ ।
यसका अनेकौं औषधीय गुणहरु रहेका छन् । नेपाली, भारतीय तथा खासगरी दक्षिण एसियामा अत्यधिक खानामा प्रयोग हुने प्याज सेवन गर्दा पथरीको समस्याबाट बच्न सकिन्छ । प्रत्येक दिन प्याजको रस चिनीमा मिलाएर सरवत बनाएर पिउँनाले पथरीको समस्या अन्त्य हुने चिकित्सकहरु बताउँछन् ।
यस्तै प्याजको रस विहान खाली पेटमा पिउँनाले पथरी आँफै बाहिर निस्कने चिकित्सकको भनाइ छ । यसैगरी प्याजका कारण शरीरमा भएको खराव कोलेस्ट्रोल शरीरबाट बाहिर निस्किन्छन् । यस्तै यसले हर्टअट्याक तथा स्ट्रोक्सको खतरा कम हुन्छ ।
शरीरमा कोलेस्ट्रोलको स्तर बढ्नाले हर्टअट्याक हुन्छ । प्याजको नियमित सेवनबाट शरीरमा राम्रो कोलेस्ट्रोलको स्तर बढाउँन मदतगार साबित हुन्छ ।
यस्तै प्याज दाँतका लागि पनि अचूक औषधि हो । प्याजको टुक्रालाई तावामा तताएर दाँतको तल दबाएर मुख बन्द गर्ने यो गरेमा १०–१२ मिनेटमा मुखमा लार जम्मा हुन्छ । यसलाई मुखको चारैतिर घुमाउँने र निकालेर फ्याँकी दिने । दिनमा ४–५ पटक ८–१० दिनसम्म पायरिया जरैदेखि समाप्त भएर जान्छ । दाँतको किरा पनि मर्दछन् । गिजापनि मजबुत हुन्छ ।
प्याजको सेवनले आँखाको ज्योती बढ्दछ । सेतो प्याजको रसमा मह मिलाएर सेवन गर्नाले दम रोगमा फाइदा हुन् ।
प्रकाशित मितिः २०७६ जेठ १ बुधबार