डा. इवामुरा मेमोरियल अस्पतालमा एक महिने पित्तथैलीमा पत्थरीको समस्या सम्वन्धि शिविर
भक्तपुर । भोलिबाट सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालमा एक महिने पित्तथैलीमा पत्थरीको समस्या सम्वन्धि शिविर सञ्चालन हुने भएको छ । शिविर जेठ १ गतेबाट ३२ गतेसम्म सञ्चालन हुने छ ।
पित्तथैलीको पत्थरी भएकालाई पेटमा सानो प्वाल पारेर अपरेशन गरिने हुनाले अपरेशनपछि कम दुखाई, कम औषधी र चाडै घर जान सकिने हुनाले शिविरबाट फाइदा उठाउन सबैमा आग्रह गर्छन अस्पतालका व्यवस्थापक रञ्जित मारिखु ।
भोलिबाट अस्पताल प्रांगणमा सुरु हुने उक्त शिविरमा निःशुल्क भिडियो एक्स रे पनि गरिने मारिखुले जानकारी दिए ।
यो समस्या भएकाहरुले शिविरबाट भरपुर लाभ लिन सक्ने व्यवस्थापक मारिखुले भक्तपुरन्युजलाई बताए ।
प्रकाशित मितिः २०७६ वैशाख ३१ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
