अस्थायी शिक्षकको पुनः परीक्षा होइन सम्मानजनक बिदाइः मन्त्री पोखरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको पुनः परीक्षा नभई सम्मानजनक रुपमा बिदाइ गरिने बताएका छन् ।
बुधबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री पोखरेलले ‘लामो समयदेखि काम गर्दै आएको भन्नेलाई मात्र मापनको आधार बनाएर अस्थायी शिक्षकहरुलाई शिक्षण पेशामा राख्न नसक्ने बताएका हुन् ।
स्थायी हुन लिइएको परीक्षामा पनि असफल भएका वा परीक्षामा सहभागि नहुनेहरुका लागि पुनः परीक्षाको व्यवस्था नहुने बताएका छन् ।
शिक्षक सेवा आयोगले २०७४ साल असार २९ र ३० गते अस्थायी शिक्षकलाई स्थायी हुने मौका प्रदान गर्नका लागि परीक्षा सञ्चालन गरेको थियो ।
आयोगले लिएको परीक्षामा असफल भएका र परिक्षामा सहभागी नभएका १३ हजार अस्थायी शिक्षकहरुले आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै पुनः आन्दोलन सुरु गरेका छन् ।
प्रकाशित मितिः २०७६ वैशाख २५ बुधबार