ललितपुरकाे तीनपानेमा जीप दुर्घटना तीन जनाको मृत्यु

भक्तपुर न्यूज

१७ वैशाख २०७६ ४:२५

ललितपुरकाे तीनपानेमा जीप दुर्घटना तीन जनाको मृत्यु

काठमाडौं । ललितपुरकाे  बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षकी सुनिता लोप्चन र सरिता मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ।

गयराति ९ बजेतिर भएको दुर्घटनामा विशालको घटनास्थलमै र सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०७६ वैशाख १७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय