बढ्यो सुनको मूल्य
काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आइतबारको तुलनामा सुनको मूल्य सोमबार १ सयले बढेको हो । आज छापावाला सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने आज पनि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ वैशाख १६ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
