‘क्याटवाक’ गर्ने क्रममा बेहोस भएका मोडलको निधन

भक्तपुर न्यूज

१६ वैशाख २०७६ ४:५६

‘क्याटवाक’ गर्ने क्रममा बेहोस भएका मोडलको निधन

काठमाडौंं । ब्राजिलको साव पावलो फेसन विकमा ‘क्याटवाक’ क्रममा बेहोस भएका पुरुष मोडलको निधन भएको छ । २६ वर्षका मोडल क्वाटवाक गर्ने क्रममा बेहोस भएपछि अस्पताल लगिएको थियो ।

टेल्स सोर्स नाम गरेका मोडलले फेसन विकमा ओक्स ब्राण्डको प्रतिनिधित्व गरेका थिए । उनलाई अस्पताल लगिए पनि होसमा आउन सकेनन् र डाक्टरले मृत घोषित गरे । दर्शकले सुरुमा उनी लड्दा त्यो शो को अंश रहेको ठानेका थिए । केही बेरमै उद्धारकर्मी आएर उनलाई लगे ।

फेसन विकको आयोजकले उनको निधनको पुष्टि ट्वीटर मार्फत गरेको छ तर विस्तृत जानकारी दिएको छैन । क्वाटवाक स्टेजबाट फर्किने क्रममा उनी लडेका थिए । एजेन्सी

प्रकाशित मितिः २०७६ वैशाख १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय