घर ढलान गर्ने क्रममा मिक्सरमा करेन्ट सर्ट भएरतामाङको मृत्यु

भक्तपुर न्यूज

१४ वैशाख २०७६ ४:०१

घर ढलान गर्ने क्रममा मिक्सरमा करेन्ट सर्ट भएरतामाङको मृत्यु

काभ्रे । काभ्रेको बनेपा–७ धनेश्वरमा करेन्ट लागेर एकको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा सुनकोसी–५, सिन्धुलीका ४० वर्षीय शङ्कर तामाङ रहेको प्रहरीले जनाएको छ ।

बनेपा–७ धनेश्वरका रुपबहादुर आलेमगरको घरमा शुक्रबार राति घर ढलान गर्ने क्रममा मिक्सरमा करेन्ट सर्ट भएर तामाङको घट्नास्थलमै मृत्यु भएको हो । मृतक तामाङको शव अहिले पोस्टमार्टमका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

प्रकाशित मितिः २०७६ वैशाख १४ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय