रियल मड्रिड गेटाफेसँग बराबरीमा रोकियो

भक्तपुर न्यूज

१३ वैशाख २०७६ ५:३७

रियल मड्रिड गेटाफेसँग बराबरीमा रोकियो

काठमाडौ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । बिहिबार राति गेटाफेको मैदानमा भएको खेलमा रियल मड्रिड गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

दुवै टिमले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रोकिएको हो । बल पोजिसनमा पकड जमाएको रियलले पटक पटक आक्रमण गरेपनि गेटाफेको डिफेन्स र गोलकिपरलाई चिर्न सकेन ।

बराबरीसँगै रियल ३४ खेलबाट ६५ अंकसहित तेस्रो स्थानमा छ । यस्तै गेटाफे ५५ अंकसहित चौथो स्थानमा छ । ला लिगा अन्तर्गत नै बिहिबार राति सेभियाले रायो भालेकानोलाई ५–० ले पराजित गरेको छ । यस्तै भिया रियलले रियल सोसिडाडलाई १-० ले हराएको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ वैशाख १३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय