काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज विविध कार्यक्रमका साथ समापन हुँदै छ । समापनका दिन आज बुधबार बाँकेको खजुरास्थित शुक्र भलिबल रंगशालामा पुरुष र महिला भलिबल, पुरुष क्रिकेट, पुरुष र महिला फुटबलसाथै पौडी प्रतियोगिता हुनेछन् ।
समापनअघि ४२ विधाका खेल सम्पन्न भएका छन् । मंगलबारसम्म टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गल्फ प्रतियोगिता सम्पन्न भएका छन् ।
त्यसैगरी, बुद्धिचाल, लनटेनिस, हकी, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी, जिम्न्यास्टिक, सेपाकताक्रो, एथलेटिक्स, प्याराग्लाइडिङ, भारोत्तोलन, उसु, सुटिङ, कराते, तेक्वान्दो, खोखो, ह्यान्डबल, सफ्ट टेनिस, आइटिएफ तेक्वान्दो र बक्सिङ प्रतियोगिता पनि सम्पन्न भइसकेको परिषद्ले जनाएको छ ।
प्रकाशित मितिः २०७६ वैशाख ११ बुधबार
Comments