भारतमा तेस्रो चरणको लोकसभा निर्वाचन आज

भक्तपुर न्यूज

१० वैशाख २०७६ ५:०९

भारतमा तेस्रो चरणको लोकसभा निर्वाचन आज

काठमाडौं । भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज मंगलबार तेस्रो चरणको मतदान भइरहेकोछ । १३ राज्य तथा दुई केन्द्र शासित प्रदेशका ११७ सिटका लागि आज मतदाताले आफ्ना प्रतिनिधि छान्दै छन् ।

मंगलबार गुजरातका २६, केरलका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, ओडिशाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५ र विभिन्न तीन प्रदेशका ११ निर्वाचन क्षेत्रमा मतदान भईरहेको छ ।

मंगलबारको मतदानमा भारतीय जनता पार्टी भाजपाका अध्यक्ष अमित शाह र भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीको भविष्यको फैसला हुनेछ । भाजपा अध्यक्ष शाह गुजरातको गान्धीनगरबाट चुनाव लडेका छन् भने कांग्रेस अध्यक्ष गान्धी केरलको वायनाड क्षेत्रबाट चुनावी मैदानम छन् ।

सात चरणमा हुने निर्वाचन गत अप्रिल ११ मा सुरु भएको थियो। अन्तिम चरणको मतदान मे १९ मा भएपछि मे २३ देखि मतगणना हुनेछ । एजेन्सी

प्रकाशित मितिः २०७६ वैशाख १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय