फर्सी निकै उपयोगी तरकारी

भक्तपुर न्यूज

१० वैशाख २०७६ ३:२१

फर्सी निकै उपयोगी तरकारी

काठमाडौं । तरकारीको रुपमा प्रयोग हुने विभिन्न तरकारीहरुमध्ये फर्सी निकै उपयोगी तरकारी हो । फर्सी हरियो तथा सुन्तला रंगको गोलो र ठूलो आकारको हुन्छ । यसको बोक्रा कडा र चिल्लो हुन्छ । यसको भित्र बीउ पनि हुन्छ । हामीले पूरै फर्सीका साथै यसको पत्ता, बिउ, बोक्रा पनि खान सकिन्छ ।

फर्सीमा पोटासियम र बिटा क्यारोटिन धेरै मात्रामा पाइन्छ । बिटा क्यारोटिन एक क्यारोटिनोइड हो, जुन पछि गएर भिटामिन एमा परिणत हुन जान्छ र क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ ।

दैनिक करिब सय ग्राम फर्सी खानु स्वास्थ्यका लागि निकै लाभ्दायिक मानिन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुने भएकोले शरीरमा रहेको कोलस्टेरोलको मात्रालाई निकै कम गर्दछ । क्याल्सियम र म्याग्नेसियमसहित भिटामिन ई, सी र भिटामिन बी पनि पाईने कारणले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै विभिन्न रोगहरु संग लड्नका लागी समेत मद्धत गर्छ ।

हाम्रो शरीरले प्राकृतिक रुपमा भिटामिन सी बनाउन सक्दैन त्यसैले हामीले भोजनबाट भिटामिन सी प्राप्त गर्नु पर्छ । भिटामिन सीले कोलाजिन निर्माणमा मद्दत गर्छ । कोलाजिनले चोटपटक र घाउ निको पार्न सघाउँछ साथै हाम्रो छाला स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

प्रकाशित मितिः २०७६ वैशाख १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *