बल्खुमा सवारी दुर्घटनाः ६ यात्रु घाइते

भक्तपुर न्यूज

५ वैशाख २०७६ ९:००

बल्खुमा सवारी दुर्घटनाः ६ यात्रु घाइते

काठमाडौं । काठमाडौंको बल्खुचोकमा दुई वटा बस र एउटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।

कीर्तिपुरबाट रत्नपार्क आउँदै गरेको बा २ ख ९९९७ नम्बरको बस, सानेपाबाट कलंकीतर्फ जादैं गरेको बा ३ ख ३१४७ नम्बरको बस र सोहि दिशातर्फ जाँदै गरेको बा २९ प ७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।

प्रहरकिा अनुसार उनीहरुको बल्खुस्थित बयोधा हस्पिटमा उपचार भइरहेको छ ।

घाइतेहरुको उपचार भइरहेको र प्रहरीले बस चालकलाई नियन्त्रणमा लिइसकेको तर मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः२०७६ वैशाख ५ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय