काठमाडौं । बलिवुडको यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘भारत’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता सलमान खान प्रमुख भूमिकामा भएको यस फिल्ममा उनलाई नयाँ लुक्समा देख्न सकिन्छ । सोमबार जारी फिल्मक पहिलो पोष्टरमा सलामान एक वृद्ध पुरुषको गेटअपमा प्रस्तुत गरिएको छ ।
सलमानले आफ्नो सामाजिक संजालमा पोस्टर सेयर गर्दै उनले लेखेका छन्, जति सेतो मेरो कपाल र दाह्री छ, त्योभन्दा बढी रंगीन मेरो जिन्दगी छ । भारत’ मा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । यो फिल्ममा उनको ६ अलग अलग लुक्स रहेको बताइएको छ । फिल्म यही इदमा रिलिज हुँदैछ ।
यो फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री कटरीना कैफ रहेकी छन् । त्यस्तै फिल्ममा अभिनेता जैकी श्राफले सलमानको पिताको भूमिका निभाएका छन् । फिल्ममा अभिनेत्री दिशा पाटनी, सोनाली कुलकर्नी, सुनिल ग्रोवरको पनि अभिनय छ । फिल्मलाई अली अब्बास जाफरले निर्देशन गरेका छन् । जाफरले यसअघि सलमानसँग सुल्तान र टाइगर जिन्दा हेु फिल्म बनाएका थिए । एजेन्सी
प्रकाशित मितिः२०७६ वैशाख ३ मंगलबार
Comments