तामाको भाडामा राखेर पानी पिए फाइदा

भक्तपुर न्यूज

२ वैशाख २०७६ ५:४५

तामाको भाडामा राखेर पानी पिए फाइदा

भक्तपुर । तामाको भाडाको हिन्दु शास्त्रीय मान्यता अनुसार धेरै नै महत्व हरेको पाइन्छ । कतिपयले जानेर यसको उपयोग गरिरहेका हुन्छौँ । भने कतिले देउतालाई पानी चढाउन ताम्रपात्रको प्रयोग गरिरहेका हुन्छौँ । तर आयुर्वेदका अनुसार तामाको भाँडामा राखेर पानी पिउनुको धेरै फाइदा रहेको छ ।

तामाको भाडामा राखेर पानी पिउदाँ वात, कफ र पित्तलाई सन्तुलित पार्ने आयूर्वेदमा उल्लेख छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ। यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ।

तामाको भाँडामा राखिएको पानी सधै स्वादिलो हुन्छ । लामो समय सम्म पनि यसमा पानी राख्न सक्छौँ । तामामा प्राकृतिक रुपमा हुने ओलीगोडिनेमिकले सजिलै पेटको ब्याक्टेरीया मार्छ । तामाको भाडोमा राखिएको पानी पिउदाँ पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न सकिन्छ ।

थाइराइड रोक्न समेत तामाको भाडामा राखेर पानी पिउन उत्तम हुन्छ । थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ। तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ । तामामा हुने एकखालको रसायनले मष्तिष्कलाई उत्तेजित गराउछ जसले गर्दा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ।

तामामा हुने एन्टी इन्फ्लेमेटरी गुणले जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । तामाको भाडामा रातभर पानी राखेर पिउने गर्दा छालाको सुन्दरता बढ्ने दावी समेत आयूर्वेदले गर्छ । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत जसले गर्दा तपाईको छाला स्वस्थ र चम्किलो हुन्छ।

आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउन सल्लाहा दिइएको छ । यसरी नियमित तामाको भाडोमा राखेर पानी पिउदाँ पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छ ।

यसैगरी रगतको विकार र रगतको कमी जस्ता समस्या समेत कम हुन्छ भने पोषक तत्वलाई शोषेर रक्तवाहिनी नलीहरुमा यसलाई नियन्त्रित गर्छ।

प्रकाशित मितिः२०७६ वैशाख २ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *