कम्मर छरितो बनाउने केही सजिला उपायहरु

भक्तपुर न्यूज

३० चैत २०७५ ७:२२

कम्मर छरितो बनाउने केही सजिला उपायहरु

भक्तपुर । कम्मर छरितो बनाएमा मान्छे चिटिक्क देखिन्छ । जिउडाल राम्रो देखिन्छ । त्यसैले पनि धेरैले आफ्नो कम्मर छरितो बनाउन खोजिरहेका हुन्छन् ।

जो–कोही पनि बोसो हटाएर आफ्नो कम्मर छरितो बनाउन चाहन्छन् । तर, चाहनाले मात्र पनि हुँदैन, त्यसका लागि हामीले धेरै उपाय लगाउनु पर्छ । कम्मर छरितो बनाउने केही सजिला उपायहरु हामीले तल उल्लेख गरेका छौँ ।

१ । जंक फूड नखाने
जंक फूड खाएमा शरीरमा चिनी र इन्सुलिनको मात्रा ह्वात्तै बढ्दछ । जसले शरीरको मध्य भागमा बोसो जम्मा हुन्छ । तर, जंक फूड खान बन्द गरेमा र जंक फुड नखाई हरियो तरकारी र सलादमा जोड दिएमा कम्मर छरितो हुन्छ ।

२ । नियमित व्यायाम गर्ने
नियमित व्यायाम गर्नाले शरीरको बोसो अन्य ऊर्जामा रूपान्तरित हुन्छ । यसो गर्दा कम्मरमा रहेको बोसो नष्ट हुन्छ र कम्मर छरितो हुन पुग्छ ।

३ । मदिरा सेवन नगर्ने
मदिरा सेवन बढी गर्ने महिलाको शरीरमा बोसो बढी जम्मा हुने अध्ययनले देखाएको छ । त्यही भएर मदिरा नखाने वा कम खाने गर्नाले कम्मर छरितो हुन्छ ।

४ । म्याग्नेसियमयुक्त खाना बढी नखाने
म्याग्नेसियमयुक्त खाना बढी खाने मानिसको रगतमा चिनी र इन्सुलिनको मात्रा कम हुने भएकाले दिनमा दुई पटक हरियो सागसब्जी, केरा र भटमासका परिकार खाने गर्नुपर्छ । यस्ता खानामा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।

५। रातो मासु नखाने
रातो मासुको सट्टा माछा खाने बानी विकास गरेमा कम्मरमा लागेको अनावश्यक बोसो कम हुँदै जान्छ । मासु नै खाने हो भने खसी, राँगा आदिको नभई कुखुराको खानुपर्छ ।

६ । पसिना निकाल्नेगरी काम गर्ने
पसिना निकाल्नेगरी काम अथवा व्यायाम गरेमा शरीरमा इन्सुलिन, ट्राइग्लाइसेराइड्स, कोर्टिसोल लगायतको मात्रा घट्न पुग्छ । साथै, शरीरमा रहेको क्यालोरी पनि बढी नै खर्च हुन्छ । त्यसैले यसका लागि जगिङ महत्वपूर्ण हुने भएकाले हरेक बिहान जगिङ गरेर समेत कम्मरलाई छरितो बनाउन सकिन्छ ।

प्रकाशित मितिः२०७५ चैत ३० शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *