काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता बिनोद न्यौपानेले ‘अल्कोलिक लभ’ गीतमा रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ ।
तीन दशकदेखि गायनमा सक्रिय सीताराम पोखरेलको यो गीतको भिडियो निकै आकर्षक बनाएका छन् । गीतमा सीतारामलाई गायिका मिना निरौलाले साथ दिएकी छन् । ललिता कुँवरको शब्द रहेको गीतमा राहुल प्रधानको संगीत छ । सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा राजेन्द्र कटुवाल राजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन तथा भरत रेग्मीको सम्पादन रहेको छ ।
प्रकाशित मितिः२०७५ चैत २८ बिहिबार
Comments