उद्योगपति गोल्छाको निधन

भक्तपुर न्यूज

२७ चैत २०७५ ६:५४

उद्योगपति गोल्छाको निधन

काठमाडौं । उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ। पूर्व सांसद समेत रहेका गोल्छाको मंगलबार राति भारतको चेन्नाईमा उपचारका क्रममा निधन भएको हो।

मृगौला प्रत्यारोपण गरेको दुई सातामै उनको निधन भएको हो। गोल्छा २०६४ सालको संविधानसभामा नेपाली कांग्रेसबाट सभासद् समेत भएका थिए। नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहेका गोल्छाको निधन प्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।

प्रकाशित मितिः२०७५ चैत २७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय