मौसममा आज देखि केही सुधार आउने

भक्तपुर न्यूज

२७ चैत २०७५ ६:४०

मौसममा आज देखि केही सुधार आउने

काठमाडौँ । झण्डै एक सातादेखि बदली रहेको मौसममा आज देखि केही सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविदका अनुसार सामान्य सुधार आउने तर केही स्थानहरुमा भने बुधबार पनि बदलीको सम्भावना यथावत रहेको जनाएका छन् ।

देशको पूर्वी भूभागको मौसममा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने छ । पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक हल्का वर्षाको सम्भावना पनि रहेको तर ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । हावाहुरीको सम्भावना भने आज नरहेको शाखाले जनाएको छ ।

प्रकाशित मितिः२०७५ चैत २७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय