भाइको नाममा एसइई परीक्षा दिइरहेका दाइ पक्राउ
काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेका दाइ पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइत रहेका छन् । उनलाई भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको हो
गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको जनाएको छ। यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।
प्रकाशित मितिः२०७५ चैत २५ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६