स्पेन विश्वकै स्वस्थ मुलुक, नेपाल ११० औं नम्बरमा

भक्तपुर न्यूज

२४ चैत २०७५ ६:१०

स्पेन विश्वकै स्वस्थ मुलुक, नेपाल ११० औं नम्बरमा

काठमाडौं । युरोपेली मुलुक स्पेन विश्वकै सबैभन्दा स्वस्थ देश मानिएको छ । ब्लुमबर्गले हालै सार्वजनिक गरेको रिपोर्टमा स्पेन सबैभन्दा स्वस्थ मुलुक देखिएको हो । यस्तो हुनुको मुख्य कारण त्यहाँका मानिसको खानपानको बानी मानिएको छ । स्पेनका नागरिकहरु कम चिल्लो र कार्बोहाइड्रेट भएको खाना खान्छन्, जुन स्वस्थकर मानिन्छ ।

स्वस्थ मुलुकको सूचीमा दोस्रो नम्बरमा इटाली, तेस्रोमा आइसल्याण्ड, चौथोमा जापान र पाँचौंमा स्वीजरल्याण्ड छन् । अघिल्लो वर्ष स्पेन छैटौं नम्बरमा थियो । यस्तै, छैटौंदेखि दशौं नम्बरमा क्रमशः स्वीडेन, अष्ट्रेलिया, सिंगापुर, नर्वे र इजरायल छन् । दक्षिण एशियाली मुलुकहरुमा नेपाल १ सय १० औं नम्बरमा छ भने श्रीलंका ६६, बंगलादेश ९१ र भारत १२० औं स्थानमा छ । यसको मुख्य कारण खाना असन्तुलित हुने गरेको छ र सरकारले नागरिकको स्वास्थ्यमा पनि लगानी कम गरेको छ ।

युरोपेली मुलुकमा अधिकांश मानिस मेडिटेरियन डाइट (भूमध्य सागरमा पाइने खाना) खान्छन् । स्पेनी नागरिक स्वस्थ हुनुको कारण यही मानिन्छ । उनीहरु खानामा जैतुनका तेलका अलावा बदाम खान्छन् । यसअलावा ब्रेड, भातर, आलुजस्ता स्टार्च भएको खाना, फलफूल, तरकारीजस्ता खाद्यपदार्थ डाइटमा सामेल गर्छन् । यस्ता डाइट स्तन क्यान्सर, हर्ट अट्याक र ब्रेन स्ट्रोकको खतरा कम गर्न उपयोगी मानिन्छ । यसबाट मोटोपनाबाट पनि बच्न सकिन्छ ।  एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *