सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द

भक्तपुर न्यूज

२२ चैत २०७५ ८:५६

सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द

बैतडी । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् ।

यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीले बताएको छ । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले उक्त निर्णय गरेको हो।

भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु यहि चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने बताइएको छ ।

प्रकाशित मितिः२०७५ चैत २२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय