अनुहारको पोतो र दाग हटाउँन रायोको साग खाऔं
काठमाडौं । रायो तोरी परिवारमा पर्ने तोरी जस्तै तर तोरीको भन्दा ठूलो पात भएको मूख्य रूपमा तरकारीको रूपमा प्रयोग गरिने तेलहन बाली हो । यसलाई हरियो छँदै टिपेर गुन्द्रुक पनि हाल्ने गरिन्छ । यसमा हाम्रो शरीर लाई चाहिने अति महत्वपूर्ण तत्व फलाम पाईन्छ ।
यो स्वाद र स्वास्थ्यका लागि मात्र नभएर सौन्दर्यताका लागि पनि उत्तिकै लाभकारी छ । यसले अनुहारमा भएको पोतो वा दाग हटाउन सक्छ । जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
यस्तै सेतो दुवी आएमा पनि यो लाभकारी हुन्छ । रायोको धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहान र बेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ ।
यस्ता छन् यसका अन्य फाइदाहरू
–छारे (मिर्गी) रोग भएमा
रायोको चूर्णको धूप मिर्गी रोगीलाई बिहानरबेलुका नियमित सुँघाउने गरेमा छारे (मिर्गी) रोग ठीक हुँदै जान्छ ।
– पुरानो बाथमा
एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।
–दाँत बलियो बनाउन
रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १–२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।
–वाथ भएमा
बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।
–कफ जमेमा
भुटेको रायोको आधा चम्चामा एक चिम्टी सिदेनून र आधा चम्चा चिनी मिसाएर बिहान र बेलुका तातो पानी सँग सेवन गर्नाले कफ जमेको ठीक हुन्छ ।
–पेट दुखेमा
भुटेको आधा चम्चा रायोको धूलो सखर हालेर एक चम्चा बनाएर, एक ग्लास मनतातो पानीसँग खाएमा पेट दुखेको ठीक हुन्छ ।
प्रकाशित मितिः२०७५ चैत २२ शुक्रबार