हैदरावादविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्लान ?

भक्तपुर न्यूज

२१ चैत २०७५ ७:५६

हैदरावादविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्लान ?

काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज बिहिबार एक खेल हुँदैछ ।

बिहिबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ । दिल्लीमा हुने घरेलु टोली हैदरावादबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।

फिरोज कोट्ला स्टेडियममा दुवै टोली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दिल्लीले ४ खेलमा २ जित निकालेको छ । हैदारावादले २ जित निकालेको छ ।

पाँचौ स्थानको दिल्लीको ४ अंक छ । तेस्रो स्थानको हैदरावादको पनि ४ अंक रहेको छ ।

हैदरावादविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना बलियो रहेको छ । किनकी सन्दीपले पछिल्लो २ खेलमा उत्कृष्ट बलिङ गरिरहेका छन् ।

दिल्लीले सुरुवाती दुई खेलमा भने सन्दीपलाई खेलाएको थिएन् । तर , सन्दीपले पछिल्लो २ खेलमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारीसकेका छन् ।

दिल्ली र हैदरावादबीचको पछिल्लो पाँच खेलमा हैदरावाद बलियो देखिएको छ । दिल्लीले २ खेलमा जित निकाल्दा हैदरावादले ३ खेल जितेको छ । एजेन्सी

प्रकाशित मितिः२०७५ चैत २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय