गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा ‘कर्णाली पारी’

भक्तपुर न्यूज

२१ चैत २०७५ ७:१९

गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा ‘कर्णाली पारी’

दैलेख । गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा ‘कर्णाली पारी’ गीतको भिडियो बजारमा आएको छ ।

सुरेश राना सुमनको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ ।

गीतमा एरेन्ज कमल सौरागले गरेका छन् भने मान बहादुर ओलीको छायाँकन, चानस पुन मगरको सम्पमदन तथा चन्द्र मन्दिर मगरको निर्देशन भिडियोमा रहेको छ ।

पवन कुमार योगी, प्रेरणा विक, मदन रेग्मी सुमित्रा चौधरीको नृत्य रहेको छ ।

कर्णाली प्रदेशमै पहिलो पटक ड्रोन क्यामरावाट छायाँकन गरिएको देउडा गीतकाे म्युजिक भिडियो दैलेख जिल्लाका विभिन्न रमणीय ठाउँहरु वेलासपुर मन्दिर, दैलेख सदरमुकाम, कोतगढि, लोहोरे र छामघाटको संगम स्थल चुप्रा दोभान, लगाएतका ठाउँमा छायांकन गरिएको हाे ।

प्रकाशित मितिः२०७५ चैत २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय