एसईई प्रश्नपत्र आउट गर्नेलाई आज सार्वजनिक गरिँदै
काठमाडौं । एसईई प्रश्नपत्र आउट गर्नेलाई आज सार्वजनिक गरिँदै छ । सो कार्यमा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको हो ।
उनीहरुलाई आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताइएको छ । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा उनीहरुलाई सार्वजनिक गरिने भएको हो ।
१४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो । त्यसको अध्ययन गर्न सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीकै संलग्नतामा किनबेच भएको पत्ता लागेको छ ।
प्रकाशित मितिः२०७५ चैत २१ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
