मलेसियामा गुरुङले गरे आत्महत्या
काठमाडौं । मलेसियास्थित कोतारायामा झापाक एक युवाले भुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्ने उनी झापा काँकडभित्ताका याम बहादुर गुरुङ रहेका छन् ।
अप्रिल २ अर्थात मंगलबार बिहान उनको शव आफ्नै कोठा नजिकै भर्याङमा झुण्डिएको अवस्थामा फेला परेको हो । गुरुङको शवलाई प्रहरीले पोष्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगिएको बताएको छ ।
अन्दाजी ३५ वर्षका निज गुरुङ विगत ८ वर्षदेखि मलेसियामा कार्यरत थिए । उनका श्रीमती र दिदीभिनाजु मलेसियामै रहेका छन् ।
प्रकाशित मितिः२०७५ चैत २० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
