भारतले जनधनको क्षतिप्रति गहिरो शोक व्यक्त
काठमाडौँ । बारा र पर्सामा आइतबार राति आएको हावाहुरी र त्यसपछि भएको विपद्प्रति छिमेकी मुलुक भारतले दुःख ब्यक्त
गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त विपत्तिमा भएको जनधनको क्षतिप्रति गहिरो शोक व्यक्त गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय सरकार नेपालको आवश्यकता अनुसार सहयोग गर्न तत्पर रहेको उल्लेख छ । त्यस्तै काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जमा भएको कन्सुलेटमार्फत सहयोग गरिने पनि उल्लेख छ ।

प्रकाशित मितिः२०७५ चैत २० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
