पिनासको आयुर्वेदिक उपचार यसरी गर्न सकिन्छ
काठमाडौँ । पिनासले धेरै मानिसलाई हैरान बनाएको हुन्छ । सबैभन्दा पहिले त पिनास हो कि होईन्, त्यो चिन्न सक्नु पर्छ । पिनास भएमा टाउको दुख्ने र नाकबाट पानी बग्ने हुन्छ । बिस्तारै नाक पनि बुझिँदै जान्छ ।
पिनासले श्वासप्रश्वास प्रणालीमा पनि असर पु¥याउँछ । पिनासकै कारण मानिसलाई सास फेर्न समेत गाह्रो हुँदै जान्छ । पिनासले नाकमा मात्र नभएर शरीरको अन्य भागमा पनि दुःख दिने गर्छ । पिनास भएमा टाउकोको अगाडिको भाग निकै भारी हुन्छ ।
आयुर्वेदिक उपचारः
आर्युवेदिक उपचारअन्तर्गत नस्यकर्म विधि अपनाएर पनि पिनासको उपचार गर्न सकिन्छ । आर्युवेद उपचारका ५ प्रमुख उपचार विधिमध्ये नस्यकर्म पनि एक हो । जसमा बिरामीलाई सम्बन्धित तेलले अनुहार९टाउकोमा मालिस गर्ने, औषधियुक्त पानीको बाफ लिने र औषधिकै तेल नाकमा राख्ने कामगरिन्छ ।
करिब ७ दिनसम्म प्रत्येक दिन आधा घण्टा यो विधि अपनाउनु पर्छ । यसले साइनसभित्र जम्मा भएको फोहोरलाई गलाउने र नरम बनाएर बाहिर निकाल्छ, जसका कारण नाकको प्वाल खुल्छ र टाउको दुख्न बिस्तारै कम हुँदै जान्छ ।
पिनासको समयमै उपचार नभएमा टाउकोको अग्रभाग अत्यधिक दुख्ने, नाकबाट श्वास फेर्न अप्ठ्यारो पर्ने, नाक गन्हाउने हुन्छ । संक्रमणका कारण आन्तरिक रक्तश्राव हुन सक्ने र भित्रीरूपमा संक्रमण भई क्यान्सरजस्तो रोग लाग्ने सम्भावना पनि हुन्छ ।
पिनास आफैंमा ठूलो जटिलता नभई सामान्य कुरामा लापरबाही हुनाले निम्तिने रोग भएकाले यसबाट बच्न यसका कारणहरूमा विशेष ध्यान दिनु जरुरी छ, अनि मात्र पिनास हुनबाट जोगिनसकिन्छ । लक्ष्मी विकास रस यसमा निकै उपयोगी मानिन्छ । तातो पानीमा दुई गोली र सेफाग्रिनको नस लिने गरे निकै फाइदा हुन्छ ।
पिनासको आधुनिक चिकित्सा पद्धतिबाट अप्रेसन त हुने गर्दछ तर त्यो फेरी दोहोरिन सक्छ । त्यसैले पनि पिनासको उपचार गर्न आयुर्वेद उपचार गर्ने क्रम बढेको छ ।
यद्यपि, पिनासको समस्या २–३ दिनमा कुनै सुधार नआए चिकित्सकसँग परामर्श लिनुपर्दछ । उपलब्ध भएसम्म नाक, कान, घाँटी रोग विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ ।
प्रकाशित मितिः२०७५ चैत २० बुधबार