हावाहुरी प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय

भक्तपुर न्यूज

१९ चैत २०७५ ५:५४

हावाहुरी प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग  गर्ने निर्णय

हेटौंडा । प्रदेश तीन सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग रकम उपलब्ध गर्ने निर्णय  गरेको छ । प्रदेश सरकारको मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले हावाहुरी प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सोमबार मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलालले हावाहुरीका कारण ध्वस्त भएको बारा र पर्सा जिल्लामा स्थलगत रुपमा निरीक्षण गरेका थिए ।

यसैगरी, प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सबै प्रदेशसभाका सबै सदस्यहरुबाट तीन दिन बराबरको तलब दिने निर्णय गरेको छ ।

प्रकाशित मितिः२०७५ चैत १९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय