‘रातो टिका निधारमा’ मा सम्राज्ञी
काठमाडौँ । अहिलेकी चर्चित एवं व्यस्त अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चर्चित निर्माता निर्देशक अशोक शर्माको फिल्म साइन गरेकी छन् ।
पछिल्लो समय नवल नेपालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मारुनी’ मा व्यस्त सम्राज्ञीले अशोक शर्माको निर्देशनमा बन्ने नयाँ फिल्म ‘रातो टिका निधारमा’ साइन गरेकी हुन् । यससँगै ‘मारुनी’ को छायांकन पूरा भएलगत्तै उनले भेट्रान निर्देशक अशोक शर्माको नयाँ फिल्म ‘रातो टिका निधारमा’ गर्ने पक्का भएको हो ।
सोमवार बिहानमात्र साम्राज्ञीलाई उनले लिड अभिनेत्रीमा अनुबन्ध गरेका हुन् । उनी फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन् । यसमा सम्राज्ञीले १६ लाख पारिश्रमिक बुझेको बताइएको छ ।
प्रकाशित मितिः२०७५ चैत १९ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
