विश्वकै चौथो धनी महिलाको मृत्यु

भक्तपुर न्यूज

१९ चैत २०७५ ५:२४

विश्वकै चौथो धनी महिलाको  मृत्यु

काठमाडौं । विश्वकै चौथो धनी रुसकी एक महिलाको विमान दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा रुसी विमान कम्पनीकी मालिक एवं उड्डयन उद्योगमा आइरन लेडीको नामले चर्चित ५५ वर्षीय नतालिया फिलेवा रहेकी छन् ।

नतालिया बुवाको उपचारका लागि फ्रान्सबाट जर्मन जाँदै गर्दा दुर्घटनामा परेकी हुन् । उक्त दुर्घटना दक्षिण–पश्चिम जर्मनीस्थित एजेलबाश शहर नजिकै भएको हो । ६ सिटे विमानमा पाइलटबाहेक नतालिया र उनका बुवा थिए । विमानमा सवार तीनैजनाको मृत्यु भएको हो ।

नतालिया र उनका श्रीमान् भ्लादिस्लाव फिलेवा एससेभेन एयरलाइन्सका सह–मालिक थिए । नतालियाको सम्पत्ति ६० करोड डलर थियो । उनका चार सन्तान छन् । यी मध्ये उनकी एक धर्मपुत्री पनि छन् । एजेन्सी

प्रकाशित मितिः२०७५ चैत १९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय