अमेरिकी नागरिकलाई पनि बहुप्रवेश भिसा

भक्तपुर न्यूज

१९ चैत २०७५ ५:१०

अमेरिकी नागरिकलाई पनि बहुप्रवेश भिसा

काठमाडौं । नेपालले अमेरिकी नागरिकका लागि जारी गरेको पहिलो पाँच वर्षीय बहुप्रवेश पर्यटक भिसा कार्यक्रम सोमबार हस्तान्तरण गरिएको छ । अमेरिकी दूतावासका कन्सुलर शाखा प्रमुख माइक म्युस्सी र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलको उपस्थितिमा उक्त कार्यक्रम हस्तान्तरण गरिएको हो ।

अमेरिकाले नेपाली पर्यटकहरूलाई लामो समयदेखि बहुप्रवेशीय पाँच वर्षीय भिसा जारी गर्दै आइरहेको छ । नेपालले पनि उही मापदण्ड आफ्ना नागरिकलाई लगाएकामा अमेरिका प्रसन्न भएको दूतावासले जनाएको छ ।

अमेरिका र नेपालबीचमा अक्टोबर २०१७ देखि नै सबै प्रकारका भिसामा पारस्परिकता स्थापित हुँदै आएको छ । गत वर्ष मात्र ९० हजारभन्दा बढी अमेरिकी नागरिकले नेपाल भ्रमण गरेका थिए । सन् २०१७ को तुलनामा अमेरिकी आगन्तुकको संख्यामा १५ प्रतिशतले वृद्धि भएको छ । पाँच वर्षका लागि बहाल रहने बहुप्रवेश सुविधासहितको पारस्परिक पर्यटक भिसा प्राप्तिसँगै अमेरिकी नागरिकहरूले सहजै र अझै धेरैपटक नेपाल आउने मौका पाउने भएका छन् ।

अमेरिकाले पारस्परिक भिसाको सुरुवातपछि आफ्नो देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीमाथि लगाउँदै आएको २ सय डलर हटाउने भएको छ । यसबाट आवेदन शुल्कको पचास प्रतिशत रकम हरेक विद्यार्थीको बचत हुने दूतावासले जनाएको छ ।

प्रकाशित मितिः२०७५ चैत १९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय