एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा २ पक्राउ

भक्तपुर न्यूज

१८ चैत २०७५ ८:१३

एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा २  पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १ कमलपोखरी ल्होत्से चोकस्थित नेपाल ईन्भेष्टमेण्ट बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् ।

सोमबार बिहान महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको प्रहरी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने उदयपुर घर भएका १८ वर्षीय अशोक पुरी र बानेश्वर बस्ने काभ्रे घर भएका २२ वर्षीय सोनाम गुरुङ रहेका छन् ।

एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा नै पक्राउ गर्न सफल भएकोले पैसा चोर्न नभ्याएको भएपनि उक्त एटिएमको क्यास डिस्प्याच गर्ने भागमा क्षति भएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहेको छ ।

प्रकाशित मितिः२०७५ चैत १८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय