संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह

भक्तपुर न्यूज

१८ चैत २०७५ ६:२२

संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह

काठमाडौं ।  बारा र पर्सामा गए राती भीषण हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको भन्दै संघीय सरकारलाई प्रदेश २ सरकारले शोकको घोषणा गर्न आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री लालबाबु राउतबीच भएको टेलिफोन कुराकानीका क्रममा मुख्यमन्त्री राउतले राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका हुन् ।

क्षतिले राष्ट्र नै शोकमा पुगेकाले संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी गराएका छन् । मन्त्री साहका अनुसार सोमबार बिहानको प्रदेश सरकारको बैठकममै यो प्रस्ताव आए पनि आफूहरुले यस सम्बन्धमा कुनै निर्णय नगरी प्रधानमन्त्रीलाई आग्रह गरिएको हो ।

बिहान बसेको प्रदेश सरकारको बैठकले मृतकका परिवारलाई रु ३ लाखका दरले क्षतिपूर्ति दिने र घाइतको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

गए राती वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

प्रकाशित मितिः२०७५ चैत १८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय