आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । केही दिनदेखि यता सुनचाँदीको मुल्यमा स्थिरता देखिएको छ । आज छापावाला सुनको मूल्य स्थिर रहँदै प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमै कारोबार भईरहेको छ । आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः२०७५ चैत १८ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
