५० लाख ठगी गरेको आरोपमा निर्मात्री प्रज्ञा जोशी पक्राउ

भक्तपुर न्यूज

१८ चैत २०७५ ५:०८

५० लाख ठगी गरेको आरोपमा निर्मात्री प्रज्ञा जोशी  पक्राउ

इटहरी । ५० लाख ठगी गरेको आरोपमा निर्मात्री प्रज्ञा जोशी इटहरीमा पक्राउ परेकी छन्। जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा जोशीलाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो।

सुवर्णकुमारी श्रेष्ठले आफुलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यलय इटहरीले बताएको छ । उनी लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी थिइन् ।

५० लाख भन्दा बढि बाउन्स चेक दिएर ठगी गरेको आरोपमा पक्राउ परेकी उनलाई पक्राउ गरी आज दिउसो नै काठमाडौं लौजाने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मितिः२०७५ चैत १८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय