फेडेररलाई मियामी ओपन टेनिसको उपाधि

भक्तपुर न्यूज

१८ चैत २०७५ ४:५९

फेडेररलाई मियामी ओपन टेनिसको उपाधि

काठमाडौं । रोजर फेडेररले चौथो पटक मियामी ओपन टेनिसको उपाधि जितेका छन् । साविक विजेता जोन इस्नरलाई ६–१ र ६–४ को सेटमा हराउँदै उनले चौथो पटक उपाधिमाथि कब्जा जमाएका हुन् ।

करियरको ५० औ मास्टर्स फाईनलमा फेडेररले जित निकाल्न एक घण्टा तीन मिनेटको समय लगाए । उनको यो २८ औ मास्टर्स उपाधि हो । उनले २० औ ग्रान्डस्लाम सिंग्ल्स उपाधि उचालेका छन् । ‘म निकै खुसी छु । यो निकै अविश्वसनिय छ । म यहाँ १९९९ पछाडी पहिलो पटक खेले । यो मेरा लागि निकै विशेष रह्यो ।’ उनले भने ।

दुबई च्याम्पियनसिप जितेका फेडेररले यस सिजनको एटीपी भ्रमणमा पहिलो पटक दुई पटक च्याम्पियन बनेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय