भक्तपुरमा विप्लवका चार कार्यकर्ता पक्राउ

भक्तपुर न्यूज

१८ चैत २०७५ ४:४४

भक्तपुरमा   विप्लवका चार  कार्यकर्ता पक्राउ

भक्तपुर । भक्तपुरमा नेत्रविक्रम चन्द नेतृत्व विप्लव पार्टीका चार जना कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–९, काँक्रेबारीका ३४ वर्षीय मिशन भन्ने यादव तामाङ, काभ्रेपलान्चोक कोसीपारि माझिफेडा घर भई हाल बनेपा नगरपालिका–७ धनेश्वर बस्ने ३८ वर्षीय जमिन भन्ने यादव ढुंगेल, काभ्रे मन्दन देउपुर नगरपालिका–३ का चमारसिंह तामाङ र काठमाडौंका सविन बिक विरही भन्ने बुद्धराज सुनार रहेको प्रहरीले जनाकारी दिएको छ।

पक्रउ पर्ने उनीहरुमा यादव ढुंगेल रामेछाप जिल्ला इन्चार्ज हुन् भने यादव तामाङ सूर्यविनायक नगर इन्चार्ज हुन्। त्यसैगरी चमारसिंह र बुद्धराज भक्तपुर जिल्ला स्तरीय नेता रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मितिः२०७५ चैत १८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय