ओलीसबै आँधी प्रभावित जिल्ला जाने
काठमाठौं । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला जाने भएका छन्। आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेका हुन्।
विभिन्न कार्यक्रममा सहभागी हुन झापामा रहनु भएका प्रधानमन्त्री ओली सोमबारका लागि निर्धारित कार्यक्रम स्थगित गरी बारा जान लागको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री ओली बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा जाने अधिकारीले बताए। घटनास्थलको अवलोकनका साथै प्रधानमन्त्री ओलीले घाइतेको उद्धार र उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिएका छन्। विमन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार विराटनगर पुगेका थिए।
प्रकाशित मितिः२०७५ चैत १८ सोमबार
