बार्टीलाई मियामी ओपनको उपाधि

भक्तपुर न्यूज

१७ चैत २०७५ ४:४०

बार्टीलाई मियामी ओपनको उपाधि

काठमाडौं । अष्ट्रेलियाकी एश्लेई बार्टीले मियामी ओपन टेनिसको उपाधि हात पारेकी छिन् । शनिबार राति भएको फाइनलमा पुर्व विश्व नम्बर एक कारोलिना प्लिसकोभालाई हराएर उपाधि जितेकी हुन् ।

फ्लोरिडामा उपाधि क्रममा बार्टीले कारोलिनालाई ७-६ ९७-१० र ६-३ को सेटमा पाखा लगाईन् । यो उपाधिसंगै २२ बर्षे बार्टी टेनिसको विश्व वरियताको शीर्ष १० भित्र प्रवेश गरेकी छिन् ।

पुरुषतर्फको फाइनलमा रोजर फेडेरर र जोन इश्नरले प्रतिस्पर्धा गर्ने छन् । एजेन्सी

प्रकाशित मितिः२०७५ चैत १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय